विराटनगर, असार १४।

कोशी प्रदेश स्वास्थ्य निर्देशनालयले सुरक्षित आप्रवासन कार्यक्रम (SaMi – Safer Migration Programme) को सहकार्यमा मनोसामाजिक परामर्श सेवाको प्रदेशस्तरीय समीक्षा कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूको प्रमुख आतिथ्यमा भएको हो।

प्रदेशभर सञ्चालन भइरहेको मनोसामाजिक परामर्श सेवाको प्रभावकारिता, उपलब्धि, चुनौती तथा आगामी कार्ययोजनाबारे समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जनाईएको छ।

कार्यक्रममा प्रदेशका विभिन्न जिल्लाबाट स्वास्थ्यकर्मी, मनोसामाजिक परामर्शदाता तथा सम्बन्धित सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको छ।

उद्घाटन समारोहमा स्वास्थ्य मन्त्री लिम्बूले मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्श सेवालाई थप प्रभावकारी र नागरिकमैत्री बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताउँदै सम्बन्धित निकायबीच समन्वय र सहकार्यलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिए।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *