काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ।
केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरि बचत तथा ऋण सहकारी संस्था तथा आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा, खैरहनी नगरपालिकाको समन्वयमा वडा नं. ६ मा आयोजित स्वास्थ्य शिविरबाट एक हजार एक सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण तथा उपचार सेवा लिएका छन्।
यसैक्रममा कालिका नगरपालिका–१० स्थित चेपाङ बस्तीको निबुवाटार आधारभूत विद्यालयमा पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। विशेषज्ञ चिकित्सकसहितको टोली गाउँमै पुगेपछि स्थानीयले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गरेका थिए। शिविरका क्रममा चेपाङ समुदायका बिरामीलाई आवश्यक परे केएमसी दुवाकोटमा समेत निःशुल्क उपचार उपलब्ध गराइने जानकारी दिइएको थियो।
दुवै शिविरमा बालरोग, हाडजोर्नी तथा नशारोग, शल्यक्रिया, छाला तथा यौनरोग, आँखा, दन्त, नाक–कान–घाँटी, मुटुरोग, स्त्रीरोग तथा मनोरोगसम्बन्धी विशेषज्ञ सेवा निःशुल्क उपलब्ध गराइएको थियो। साथै रगत र पिसाब परीक्षणको सुविधासमेत प्रदान गरिएको आयोजकले जनाएको छ।
स्वास्थ्य संस्थासम्म पुग्न कठिनाइ हुने तथा आर्थिक अवस्था कमजोर रहेका स्थानीयले आफ्नै बस्तीमा विशेषज्ञ चिकित्सकबाट सेवा पाउँदा राहत महसुस गरेका छन्। शिविरमा रोगको प्रारम्भिक पहिचान, स्वास्थ्य परामर्श तथा आवश्यक परे थप उपचारका लागि सिफारिससमेत गरिएको थियो।
आयोजकका अनुसार शिविरबाट प्रत्यक्ष रूपमा सयौं स्थानीय लाभान्वित भएका छन् भने स्वास्थ्य सचेतना अभिवृद्धिमार्फत हजारौं नागरिकमा सकारात्मक प्रभाव परेको छ।
नेपाली कांग्रेसका नेता सुनील शर्माद्वारा सञ्चालित केएमसीले दुर्गम तथा स्वास्थ्य सेवाको पहुँच कम भएका क्षेत्रमा नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ। अस्पतालले गम्भीर बिरामीको निःशुल्क उपचार, एम्बुलेन्स हस्तान्तरण, विपद् तथा दुर्घटनाका घाइतेको उपचार सहयोगलगायत सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिँदै आएको जनाएको छ।
काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी) दुवाकोटले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत चितवनका दुई स्थानमा वृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै सयौं स्थानीयलाई विशेषज्ञ स्वास्थ्य सेवा प्रदान गरेको छ।
केएमसी दुवाकोटको प्राविधिक सहयोग, नीलगिरि बचत तथा ऋण सहकारी संस्था तथा आत्म जागृति मिसन नेपाल, काठमाडौंको आयोजनामा, खैरहनी नगरपालिकाको समन्वयमा वडा नं. ६ मा आयोजित स्वास्थ्य शिविरबाट एक हजार एक सयभन्दा बढी स्थानीयले स्वास्थ्य परीक्षण तथा उपचार सेवा 