गृहमन्त्री सुदन गुरुङ शनिबार बिहानै विराटनगर पुगेका छ

ByRoman Gautam

१ महिना अगाडि १ महिना अगाडि १ महिना अगाडि

विराटनगर, असार २० — गृहमन्त्री सुदन गुरुङ शनिबार बिहान विराटनगर आइपुगेका छन्। उनी बिहान १०:५७ बजे बुद्ध एयरको विमानमार्फत विराटनगर विमानस्थलमा अवतरण गरेका हुन्।
विराटनगर पुगेपछि गृहमन्त्री गुरुङले जिल्ला प्रशासन कार्यालय, कारागार कार्यालय तथा प्रदेश प्रहरी कार्यालयको निरीक्षण गरेका छन्। त्यसपछि इटहरीको पकलीस्थित सशस्त्र प्रहरी बलको प्रदेश कार्यालयको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
निरीक्षणका क्रममा उनले प्रहरी कार्यालयका जीर्ण भवन र कमजोर भौतिक पूर्वाधारको सुधारलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताए। बजेटको सीमितताका कारण निर्माण कार्यले अपेक्षित गति लिन नसकेको स्वीकार गर्दै उनले आवश्यक स्रोत व्यवस्थापन गरी प्रहरीका भवन निर्माणलाई तीव्रता दिइने प्रतिबद्धता व्यक्त गरे।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री गुरुङले प्रहरी संगठनलाई थप प्रभावकारी बनाउन सुदृढ भौतिक पूर्वाधार अपरिहार्य रहेको उल्लेख गरे।
सुरक्षा स्रोतका अनुसार गृहमन्त्री गुरुङले मोरङ, सुनसरी र झापाका सीमा सुरक्षा, विपद् तयारी तथा प्रशासनिक गतिविधिको समेत अनुगमन गर्ने सम्भावना रहेको छ। यद्यपि, गृह मन्त्रालयले उनको औपचारिक भ्रमण तालिका भने सार्वजनिक गरेको छैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *